कटुवा पेस्तोल सहित उदयपुरमा एक युवा पक्राउ

बेलका । कटुवा पेस्तोल सहित उदयपुरमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ सातपत्रे बस्ने बर्ष १९ को मनोज खत्री रहेको छ । उनलाई कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको उदयपुर प्रहरी प्रमुख (एसपी) वीर बहादुर बुढामगरले बताएका छन् ।

एसपी बुढामगरका अनुसार पक्राउ परेको खत्रीले स्थानीय बर्ष १८ को विश्व खड्कालाई पेस्तोल देखाउदै कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरिएको थियो । उनलाई बुधबार साँझ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो । खत्रीसंगै कुटपिटमा संलग्न एक युवा भने फरार रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *