आदिवासी जनजाति महासंघ उदयपुरको नयाँ नेतृत्वमा गौरी शंकर उदास

उदयपुर । सम्पुर्ण आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ उदयपुरको नयाँ नेतृत्वमा गौरी शंकर उदास चयन भएका छन् । २५ औ बिश्व आदिवासी दिवसको अवसर पारेर शुक्रबार सम्पन्न छौठौ जिल्ला अधिबेशनबाट उदास सर्बसहमत चयन भएका हुन् । अधिबेशनले उदास नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

चयन हुने नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकाराम थामी, बलधन राई र उषा माझी, सचिबमा शारादा कुमारी दनुवार, सह–सचिबमा तेन्जी शेर्पा, लिला बहालुर सुनुवार र मनमाया भुजेल र कोषाध्यक्षमा बिक्रमी चौधरी रहेका छन् । त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा बलराम उराउ, सरिता हायु, बाबुराम पहरी, रबिन गुरुङ, फणिन्द्र तामाङ, मनोज लिम्बु, जयराम पुर्वाछाने मगर र कलम बोटे रहेको निर्वाचन मण्डलका सदस्य पवननुरी शेर्पाले बताए । सदस्य शेर्पाका अुनसार उनिहरुलाई निर्वाचन मण्डलका संयोजक हरिबहादुर श्रेष्ठले सपथ गराएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *