



उदयपुर । उदयपुरमा वकालत पेशा गर्दै आएका वकील कञ्चन श्रेष्ठ आफु मारमा परेको भन्दै न्यायलयको ढोका ढकढक्याउन पुगेका छन् । त्रियुगा नगरपालिका १० बोक्से निवासी वकील श्रेष्ठ आफुलाई छिमेकी रमेश कार्कीले अन्याय गरेको भन्दै न्यायलयको ढोकासम्म पुगेका हुन् ।
छिमेकी कार्कीले आफ्नो जग्गा बचाउकालागि उठाएको आरसिसि ढलानको काचो वालमा बर्षाको भलपानी छेकेर लागाईदिएको र वाल ध्वस्त बनाईदिएको भन्दै उनि बिरुद्ध आफु न्यायलय जानुपरेको वकील श्रेष्ठ बताउँछन् । ‘म त्यही थिए ! छिमेकी कार्कीले पहिलादेखि हुने पानीको निकास थुन्नथाल्यो’ वकील श्रेष्ठले भने ‘आफ्नो आलो वालबारे सबै कुरा बताए, छिमेकी उल्टै आईलाग्यो’ ।
चर्काचर्किकै क्रममा छिमेकी कार्कीलाई वाल तिम्रै जिम्मा भनेर आफु हिडेको उनले बताए । आफु हिडेको करिब दुई घण्टापछि वाल लडेको भन्दै त्यसको सम्पर्ण क्षेतिपुर्ति छिमेकी कार्कीले नै व्यहोर्नुपर्ने उनले दिएको उजुरीमा उल्लेख गरिएको छ । उजुरीमा उल्लेख भएअनुसार ब्यक्तिगत खर्चले उठाएको पाँच लाख ५० हजार रुपैया बराबरको ३३ मिटर लम्बाईको वाल भलपानीले पुर्ण रुपमा लडाएर क्षेति पु¥याएको छ ।
अहिले छिमेकी कार्की बिरुद्ध जिल्ला प्रशासन कार्यालय उदयपुर र त्रियुगा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा उजरी दिएका छन् । कार्की भने जिल्ला प्रशासन जाने बाटोमा होटल व्यावसाय गर्दै आएका छन् ।
भिडियोः–