उदयपुरमा पहिरो खसेर खोला थुनिदा, सात घर डुवानमा

उदयपुरगढी । उदयपुरमा पाखो खसेर खोला थुनिदा सात घर डुवानमा परेको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसी स्थित तिनटाट्ने पाखो खसेर स्थानीय बैद्यनाथ खोला थुनिंदा सो घरहरु डुवानमा परेको हो । खोला थुनिएर बस्ति ताल बनिरहेको भन्दै स्थानीयले उद्दारका लागि अपिल गरेका छन् ।

खोला थुनिंदा नेपालटारको तल्लो भेग जलमग्न भएको छ भने घरहरु डुबेको स्थानीय विजय घिमिरेले जानकारी दिए । पाखामा रहेका चारवटा घरहरु समेत पहिरोले बगाएको जनाइएको छ । तर घरमा रहेका मानिसहरु भने सुरक्षित रहेको जनाइएको छ ।

खोला थुनिएपछि गोहिया र बकपतिमा रहेका घरहरु डुबेका छन् । थुनिएको खोला अहिलेसम्म पहिरो नाघेर नबगेका कारण जोखिम बढेको छ । पहिरो नाघेर एकैचोटी खोलाको बहाव सुरु भएको खण्डमा कटारी नगरपालिकाका दर्जनौं बस्ती बगाउने अनुमान भइरहेको छ ।

पानी जमेर ताल बनेपछि गोहिया, बकपति, लामिदुवाली, सोमबारेमा नदि छेउछाउका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयले माग गरेका छन् । खोला थुनिएर बाटोसमेत डुबेपछि उद्दारका लागि सुरक्षाकर्मी जान कठिनाई भइरहेको जनाइएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *