उदयपुर नापी कार्यालयमा दादागिरी, कर्मचारीबाटै च्यातिन्छन् सेवाग्राहीको कागजपत्र

गजेन्द्र राई
उदयपुर । उदयपुर नापी कार्यालयका कर्मचारीले आफ्नो फाँटमा आएको सेवाग्राहीलाई दुर्व्यबहार गरेको छ । आईतबार कित्ताकाटका लागि कार्यालय पुगेका बेलका नगरपालिका ३ रामपुरठोक्सीलाका दिपक राई माथी दुर्व्यबहार भएकोे हो ।

दुर्व्यबहार गर्नेमा कार्यालयको दर्ता चलानी फाँटमा बस्दै आएका कार्यालय सहयोगी बालमुकुन्द चौधरी रहेका छन् । उनले दर्ता चलानीका लागि राईले दिएको कागजपत्र च्यातिदिएको थियो । आफन्तहरुसँग चौधरीको कार्यकक्षामा पुग्दा बिना कारण आफ्नो हातमा रहेको कागजपत्र खोसेर च्याति दिएको पीडित राई बताउँछन् ।

पीडित राईका अनुसार कार्यालयको नियम बिपरित कागजपत्र ल्याएको भन्दै च्याति दिएको थियो । यस बिषयमा सहयोगी चौधरीसँग कुरा गर्दा आफुले कागजपत्र च्यातिदिएको स्वीकार गरेका छन् । उनले कार्यालयको ‘सेटिङ’ बिपरित राईहरु आउन खोजेकाले कागजपत्र च्यात्न बाध्य भएको बताए ।

कार्यालय सहयोगी चौधरी करारमा रहेको कर्मचारी हुन् । त्यसैगरि कार्यालय प्रमुख बिनोद कुमार चौधरीले आफु कार्यालय नभएको समय घटना घटेको बताएका छन् । उनले दुबै पक्षलाई राखेर छलफल गर्ने बताए । आफ्नो फाँटमा आएको सेवाग्राही माथि दुर्व्यबहार गर्ने कार्यालय सहयोगी चौधरीलाई कार्वाही हुन्छहुदैन भन्ने बिषयमा भने उनले बोल्न चाहेनन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *