प्रहरीको बोलि नरम देखिन्छ, तर कार्वाही कडा हुन्छः उदयपुर प्रहरी प्रमुख बुढामगर

बोक्से । उदयपुर प्रहरी प्रमुख (एसपी) बीर बहादुर बुढामगरले आफु मातहतको प्रहरीले बोलिमा नरमपन देखाए पनि कार्वाही कडा गर्ने बताएका छन् । सोमबार नयाँ प्रहरी प्रमुखको रुपमा उदयपुर आएका एसपी बुढामगरले मंगलबार पत्रकारसँग भेटघाट गर्दै यस्तो कुरा बताएका हुन् ।

‘काम गर्ने क्रममा बिभिन्न प्रकारको दवाफ, प्रलोभन र आरोप आउने गरेको छ’ बिगत स्मरण गर्दै उनले भने ‘त्यसको कुनै प्रवाह नगरी जनताको काम निर्धकसाथ गर्नेर्छौ’ । कडा रुपमा देखिएको एसपी बुढामगरले जिल्लामा कार्यरत सबै प्रहरीमा सुन्ने सहनशीलताको अभ्यास गराईने बताए ।

उनले प्रहरीमा हुने भ्रष्टचारमा समेत शून्यता ल्याउने प्रतिबद्धता जनाए । त्यसका लागि सबै तहका प्रहरीमा आन्तरिक सुद्धढीकरण गर्ने अभियान रहेको बताए । एसपी बुढामगर गत माघमा मात्र डिएसपीबाट एसपीमा बढुवा भएका प्रहरी अधिकृत हुन । म्याग्दी जिल्लामा रहदा एसपीमा बढुवा भएर जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत रहेको उनी उदयपुरमा नयाँ प्रहरी प्रमुखको रुपमा आएका हुन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *