रेडप्लस फोकल पर्सनहरुका लागि गाईघाटमा क्षमता अभिबृद्धि तालिम सुरु

गाईघाट । जिल्लामा रहेको बनहरुमा क्षयीकरण बढ्दै गएको समय उदयपुरमा रेडप्लस फोकल पर्सनहरुका लागि क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । डिभिजन बन कार्यालय गाईघाटको आयोजनामा पाँच दिने रेडप्लस फोकल पर्सनहरुका लागि क्षमता अभिबृद्धि तालिम सुरु भएको हो । आईतबारदेखि सुरु भएको तालिम बैशाख २६ गतेसम्म सञ्चालन हुने छ ।

तालिम समय अवधिभर रेडप्लस र जलवायु परिवर्तन न्यूनिकरणका लागि सहजीकरण बिधी र तालिम सामाग्रीबारे छलफल हुने डिभिजन बन कार्यालय गाईघाटका प्रबक्ता जागेश्वर शाहले बताए । प्रबक्ता शाहका अनुसार तालिममा सामुदायिक बन, निजि बन, बिभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण रेडप्लस र जलवायु परिवर्तन समन्धिका बिज्ञ एक राना मगरले गर्ने छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *