उदयपुरमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु, दुई जना घाइते

कटारी । उदयपुरको कटारी नगरपालिका ११ मा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । सोलु करिडोरको ३२ केभिए प्रसारण लाइनका लागि हाइस्टेशन फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो ।

माटोको ढिस्कोले पुरिएर सोही कम्पनीका कामदार स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनामा स्थानीय ३० वर्षीय तेजबहादुर विक गम्भीर घाइते भएका छन् । त्यसैगरी कटारी नगरपालिका १० बस्ने सूर्यप्रसाद खनाल सामान्य घाइते भएका छन् । दुवै जनालाई कटारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *