तराई पहाड जोड्ने सडकको शिलान्यास सम्पन्न (फोटो फिचर सहित)

उदयपुर । छोटो दुरीमा तराई र पहाडलाई जोड्न सकिने सडकको उदयपुरमा शिलान्यास गरिएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका–७ कोल्टेदेखि मैनाटार, बाखोर, लिम्चुङबुङ गाउँपालिकाको माझखर्क हुर्दै छिमेकी जिल्ला खोटाङको हलेसीसम्म जोडिने सडकको शिलान्यास गरिएको हो । एक नम्बर प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट बिन्योजिक रकम एक करोड ९० लाख बराबरको लागतमा निर्माण हुन लागेको सडकको शिलान्यास प्रदेश सांसद नारायण बहादुर बुर्जामगरले गरेका थिए ।

उनले चालकको सहयोगमा जेसिबि चलाएर सडकको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा सडकलाई तिन बर्षभित्र जुनसुकै हालतमा पुर्णता दिईने सांसद मगरको प्रतिबद्धता रहेको थियो । उनले सडक एउटा बिकासको मियो रहेको भन्दै सडक निर्माणमा सबैलाई सहयोग गर्न आव्हान गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अन्य बक्ताहरुले योजनाको उच्च मुल्यांकन गरेका थिए । उनिहरुले यस्तो महत्वपुर्ण योजना सांसद मगरको पहलमा आएकोले भबिश्यमा पनि यस्तै जनमुखी योजनाहरु लिएर आउन सुझाब दिएका थिए ।

कार्यक्रममा नेकपा उदयपुरका नेता मोहन बहादुर खत्री, भिम बहादुर अधिकारी, ज्ञानबहादुर बस्नेत, दुर्गा बुर्जा, देब गरी, जिल्ला समन्यय समिति सदस्य कुलबहादुर खपाङ्गी, उदयपुरगढी गाउँपालिकाका कार्यपालिका सदस्य गोमा खत्री, निर्माण व्यवसायी संघ उदयपुरका बरिष्ठ उपाध्यक्ष प्रेम तिम्सिना लगायतको उपस्थिति रहेको थियो । सडक निर्माणको जिम्मा हरिहरि, आर.एस. र भुसुनाम्छा जेभीले पाएको छ ।

फोटो फिचर सहितः–

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *