बिद्यार्थी कुटपिट आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ

गजेन्द्र राई
उदयपुर । मरनासन्न हुनेगरी बिद्यार्थी कुटपिट गरेको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले स्थित मेरीब्रुट ईङलिस बोर्डिङ स्कुलका शिक्षक दिपक प्रधान रहेका छन् । उनलाई कक्षा ८ मा अध्यानरत बर्ष १६ को बिद्यार्थी केशब थापालाई कुटपिट गरेको आरोप छ ।

आफ्नो बच्चालाई मरनासन्न हुनेगरि शिक्षक प्रधानले कुटपिट गरेको भन्दै मंगलबार अभिभावकले प्रहरीमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जलजलेका प्रहरी नायब निरीक्षक नारायण प्रधानले बताए । असई प्रधानका अनुसार पीडित बिद्यार्थी थापाको शरीरको बिभिन्न भागमा निलडाम रहेको छ । अहिले उपचारको लागि पीडित बिद्यार्थीलाई बिराटनगर लगिएको छ भने शिक्षक प्रधानलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय जलजलेमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *