उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुरको नवनिर्वाचित कार्यसमितिलाई पीछडा वर्ग महासंघ उदयपुरले सम्मान गरेको छ । महासंघले आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी महासंघका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले देशमा लोकतन्त्र गणतन्त्रको संस्थागत विकास हुँदासमेत पीछडीएको समुदायका आवाजहरु अझैपनि वाहिर आउन नसकेको बताए । उनीहरुले पत्रकारहरुको कलम देशविकासको सम्वाहक भएकाले पीछडीएका समुदायलाई राज्यको मुलप्रवाहीकरणमा ल्याउन सञ्चारमाध्यमबाट शसक्त भुमिका निर्वाह गरिदिन आग्रह गरे । सहभागिहरुले पीछडीएको क्षेत्रको विकासका लागि राज्यले नीति निर्माण बनाएपनि त्यसको प्रचारप्रसार नहुँदा उनीहरु अझैपनि पछि परेको बताए ।
सहभागिहरुले उठाएको सवालमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले वदलिदो परिवेशसँगै पीछडीएको क्षेत्रका सवाललाई वाहिर ल्याउन जिल्लाका सञ्चारकर्मीहरु प्रतिवद्ध रहेको बताए । उनले महासंघको नयाँ कार्यसमिति सबै क्षेत्र वर्गसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताए ।
महासंघका अध्यक्ष हिरालाल ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष मोहरवक्स अली, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष खुशिलाल ठाकुर, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राहुल यादव, जेसिसका अध्यक्ष रुपम अनुराग लगाएतको उपस्थिति रहेको थियो ।