



उदयपुर । नेपालमै पहिलो पटक हुन लागेको ‘प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५’ को अन्तिम तयारी पुरा भएको छ । माघ २७ देखि ३० गतेसम्म उदयपुरको गाईघाटमा हुने सम्मेलनको अन्तिम तयारी पुरा भएको हो । सदरमुकाम गाईघाटमा शनिवार भएको पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको तयारी पूर्ण रुपमा पुरा भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार बेटी अर्थात छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गर्ने मुख्य उद्देश्य रहेको सम्मेलनमा सात प्रदेशबाट बिभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुको सहभागिता रहने छ ।
सम्मेलनमा महिला तथा बेटीहरु सम्बन्धित बिभिन्न व्यक्तिहरुले प्रस्तुत गरेको कार्यपत्र माथि छलफल, बिभिन्न चर्चित व्यक्तित्वहरुको प्रस्तुती लगायत प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने छ । मुलधार महिला सेवा केन्द्र (मासबेस) उदयपुरको आयोजनामा हुन लागेको सम्मेलनको उद्घाटन पूर्व उपसभामुख चित्रलेखा यादबले गर्ने छन् ।
भिडियोः–