उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा युवा लक्षित हाउस वाईरिङ र प्लमबिङ तालिम सुरु गरिएको छ । स्थानीय युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउने मुख्य उद्देश्यका साथ रौतामाई गाउँपालिकाको आर्थिक सहयोग र गाउँपालिका स्तरीय युवा समितिको आयोजनामा सो तालिम सुरु गरिएको हो ।
तालिम आर्थिक बर्ष २०७५÷७६ का लागि पालिकाले छुट्याएको युवा लक्षित बार्षिक कार्यक्रम अन्तरगतको बजेटबाट सुरु गरिएको हो । तालिममा १६ जना स्थानीय युवाहरु सहभागि रहेको युवा समितिका अध्यक्ष दिनेश अधिकारीले बताए । अध्यक्ष अधिकारीका अनुसार गाउँपालिका भित्रका आठ वडाहरुबाट प्रतिनिधित्व हिसाबले दुई–दुई जना युवाहरुलाई सहभागि गराईएको छ ।
वडाबाट प्रतिनिधित्व गर्दै सहभागि दुई युवाहरु मध्ये एकलाई हाउस वाईरिङ र अर्कोलाई प्लमबिङ तालिममा सहभागि गराईने छ । प्लमबिङ समन्धिको तालिम १५ दिनसम्म चल्ने छ भने हाउस वाईरिङ समन्धिको तालिम ३ सय ९० घण्टा अर्थात ४३ दिनसम्म सञ्चालन रहने आयोजकले जनाएको छ । तालिम रौतामाई गाउँपालिका वडा नम्र–७ स्थित मुर्कुची बजारमा सञ्चालन भईरहेको छ । तालिमको सहजिकरण स्थानीय युवा रबिन राईले गर्दै आएका छन् ।
भिडियोः–