उदयपुर । ठूलो संख्यामा लागूऔषध सहित उदयपुरमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१२ बस्ने बर्ष १९ को जेनिश राई र सोहि नगरपालिका–११ बस्ने अन्दाजी बर्ष १५ को निशान रिजाल रहेका छन् । उनिहरुलाई मंगलबार बिहान लालपत्ता प्रहरी चौकीको नियमित चेकजाचको क्रममा पक्राउ गरिएको प्रहरी साहयक निरीक्षक (असई) घनश्याम पोखरेल बताए ।
असई पोखरेलका अनुसार सिरहाबाट सदरमुकाम गाईघाट तर्फ आँउदै गरेको स १ च १६९७ न. को भाडा बर्तन बोकेको बलेरो गाडी चेकिङ गर्ने क्रममा ब्याग भित्र रहेको ज्याकेटमा लुकाई राखेको डाइजोलोपाम–८ एम्पुल, लुपिजेसिक–८ एम्पुल, फेनारागन–८ एम्पुल गरी जम्मा २४ एम्पुल लागु औषध बरामद गरिएको छ ।
लागु औषध बोक्न प्रयोग भएको भाडा बर्तन सहितको गाडी, गाडी चालक जिल्ला सिरहा सरदुवानकट्टी–६ बस्ने देब कृष्ण खडका यादबलाई समेत नियन्त्रणमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन रानाभाटले बताए ।
भिडियोः–