सत्तापक्ष र प्रतिपक्ष दुबै कहि गाठो प¥या हो’की जस्तोः सभामुख महरा

गजेन्द्र राई
उदयपुर । संघीय संसदका सभामुख कृष्णबहादुर महराले सत्तापक्ष र प्रतिपक्ष दुबै दल अहिले अल्मलिए जस्तो देखिएको बताएका छन् । पछिलो समय सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेस जति गतिशिल हुनुपर्ने त्यति नभएको उनको भनाई छ । जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा मंगलबार “संबिधान र संघीयताः कार्यान्वयन र अन्तरसम्बन्ध” बिषयक एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागि हुन सोमबार उदयपुरको सदरमुकाम गाईघाट आईपुगेका सभामुख महराले सो कुरा बताएका हुन् ।

“जति दलहरु गतिशिल हुन्छ” सभामुख महरा भने “त्यति संसद र सरकार गतिशिल हुन्छ” । उनले भने, सत्ता पक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेस दुबै पार्टी कता–कता अल्झिए जस्तो, कता–कता मल्मलिए जस्तो, कहि गाठो प¥या हो’की जस्तो देखिएको बताए । महरा जिसस उदयपुरको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रहेको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताए ।

प्रमुख परियारका अनुसार प्रदेश नम्बर एक का सभामुख प्रदिप भण्डारी र उप–सभामुख सरस्वती पोखरेल पनि कार्यक्रममा सहभागि हुने छन् । त्यसैगरि जिल्लाका दुबै क्षेत्रका प्रतिनिनि सभाका सांसद् र चार क्षेत्रका प्रदेश सभाका सांसद्हरुको कार्यक्रममा सहभागिता रहने छ । यसैगरि जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपालिकाका प्रमुख उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहने छ ।

कार्यक्रममा जिल्लाका पुर्ब मन्त्रि, पुर्ब सांसद्, जिल्ला बिकास समितिका पुर्ब सभापति, सरकारी कार्यालयका प्रमुख र पार्टी प्रतिनिधिहरुको समेत सहभागिता रहने छ । कार्यक्रममा संघीयता र संबिधानका अन्तरबस्तु लगायतका बिषयमा सभामुख महराले आफ्नो कुरा राख्ने छन् । त्यसैगरि कानुनी अन्तरसम्बन्ध बारे प्रशासकीय अदालतका प्रमुख काशिराज दाहाल र बरिष्ठ अधिबक्ता शभु थापाले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *