वनभोज खाएर फर्केको ट्याक्टर उदयपुरमा दुर्घटना, तीनको मृत्यु, आधा दर्जन बढि घाईते

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आईतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका ३४ जना मध्ये ५ जनाको अबश्था गम्भिर छ भने २८ जना सामान्य छन् । मदन भण्डारी लोकमार्गअन्र्तगतको धरान–चतरा–गाईघाट सडकखण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स.१.त.५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ बर्षीया बिनिता चौधरी, २० बर्षीय इन्द्र चौधरी र २० बर्षीया दिपिका चौधरीको मृत्यु भएको हो ।

उदयपुर र सुनसरी जिल्लाको सिमाना चतराघाटको कोसी पुलमा वनभोज खाएर घर बेलका नपा २ को तपेश्वरी वेलहा फर्कनेक्रममा उकालोको घुम्तिमा मोडनेक्रममा ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिंहले जानकारी दिए । घटना लगत्तै पुगेको इप्रका रामपुरको टोली र स्थानीयले घाईतेको उद्धार गरी उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा तीन जनाको बाटोमा मृत्यु भएको इन्स्पेक्टर सिंहले बताए ।

उनीहरुलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्य घोषणा गरेको विरामी लिएर गएका बेलका नगरपालिका प्रेस संयोजक भरत घिमिरेले जानकारी दिए । घाईते सबैको विपि कोईराला धरानमा उपचार भईरहेको उनले बताए । चिकित्सकका अनुसार घाईते सबै जना खतरामुक्त रहेका छन् । सडकबाट २५ मिटर तल खसेको ट्याक्टरमा ३६ जना सवारत थिए । घाईतेको अबश्था बुझ्न बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् । उनीहरु वनभोज खाएर दुई वटा ट्याक्टरमा घर फर्कदै गरेका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *