बालविवाहको कसुरमा ४ महिना कैद, उदयपुर

उदयपुर  ।  १२ बर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी विवाह गर्ने उदयपुरका एक युवालाई जिल्ला अदालतले ४ बर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सोमबार कटारी नगरपालिका ३ का १७ बर्षीय निप्पु चौधरीलाई कसुर ठहर गर्दै सो फैसला सुनाएको हो ।

भारतको सितामणि जिल्ला पानापुर स्थायी घर भई उदयपुरको कटारीमा व्यापार गर्दै आएका चौधरीले २०७५ साउन ५ गते पीडितलाई प्रलोभनमा पारी भगाएर लगेका थिए । उमेर नै नपुगि ललाईफकाई छोरीलाई विवाह गरी भारत लगेको भन्दै पीडितका वुवाले साउन ९ गते इलाका प्रहरी कार्यालय कटारीमा जोहरी दर्ता गराएका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *