उदयपुरमा ७५ बर्षिया बृद्धालाई दिसा खुवाईयो

उदयपुर ।  उदयपुरमा एक ७५ बर्षिय बृद्धालाई मानव मलमुत्र खुवाईएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका– ५ मौवासीकी ७५ बर्षिय महिलालाई मलमुत्र खुवाएको हो । उनलाईछाडा पशु चौपायाको विषयमा विवाद छिमेकीले मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीको अनुसार गाउँमा एक्लै बसी गुजारा गर्दै आएकी बृद्धालाई छिमेकीले मलमुत्र खुवाएको प्रहरीमा उजुरी परेको छ । दिसा खुवाउनेमा छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र छोरा देव वहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले बताए । प्रहरी निरिक्षक कुर्मीका अनुसार जिउ भरी नै दिशा लिएर जिल्ला प्रहरी कार्यालय आईपुगेकी बृद्धाको छिमेकीको कुटाईबाट दाईने आखाँमा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् ।

बृद्धाको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकीले दिनहु जसो आफ्नो बारीमा छाडा गाईबस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछी हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफुलाई मलमुत्र खुवाईएको बृद्धाले बताईन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *