प्रादेशिक विश्वविद्यालय उदयपुरमा बनाउने मुख्यमन्त्री राईको उद्घोष

उदयपुर ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरको त्रियुगा जनता बहुमुखि क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने उद्घोष गरेका छन् । क्यम्पसको ९ औँ साधरणसभालाई सम्बोधन गर्दै आईतबार मुख्यमन्त्री राईले क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन पहिलो नम्बरमै राखेर छलफल गर्ने बताएका हुन् । प्रादेशिक विश्वविद्यालय बनाउने सन्र्दभमा केहि दिनभित्र अध्ययन अनुसन्धानको टोली गठन गर्ने जानकारी दिँदै उनले भने अनुसनधान टोलीले उदयपुरलाई प्राथामिकतामा राखेर सुरुमै अध्ययन गर्ने छ ।

मुख्यमन्त्री राईले प्राज्ञिक तथा विज्ञ टोलिबाट स्थलगत निरिक्षण गराई अन्य विकल्प भन्दा पनि प्रदेश विश्वविद्यालय निर्माणमै जोड दिईने बताए । विगतदेखि नै खोटाङ, ओखलढुंगा, सिन्धुली, सप्तरी, सिरहा सोलुसमेतलाई उच्च शिक्षामा सेवा प्रदान गरेको सो क्याम्पसलाई प्रदेश नं. १ मध्येकै क्याम्पसहरु मध्येमै प्राथमिकतामा राखेर अगाडी बढाइने उनको भनाई थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले अहिलेको अवस्थामा प्रदेश संरचना बलियो र व्यवस्थित नभएसम्म देश समृद्ध बन्न नसक्ने पनि बताए । स्थानीय तहलाई जग बनाई ७ वटा प्रदेशले पिलरकोरुपमा काम गर्ने बताए ।

उनले प्रदेशको विकास बिना देश विकास नहुने र संघियता पनि कार्यान्व्यन नहुने भएकाले संघिय सरकारले प्रदेशको विकासतर्फ ध्यान दिनु पर्ने बताए । कार्यक्रममा उदयपुरका ६ प्रदेश सांसदहरुले त्रियुगा जनता बहुमुखि क्याम्पसलाई शैक्षिक हब बनाउनका निम्ति प्रादेशिक विश्वविद्यालय बनाउनु पर्ने माग राखेका थिए । प्रदेश सांसदहरु हिमाल कार्की, विमल कार्की, नारायण बुर्जा मगर, कला घले, अम्बिका थापा, सुनिता चौधरी र जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले यस्तो माग राखेका थिए ।

सांसदहरुले क्याम्पसलाई बिद्यार्थी उत्पादन गर्ने थलोकोरुपमा मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवालमा अनुसन्धान, अन्वेषण गर्ने थलोकोरुपमा विकास गर्नु पर्नेमा जोड दिए । क्याम्पसकोे आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित आय व्याय ४ करोड ४९ लाख ८६ हजार ७ सय ४५ रुपियाँ क्याम्पस प्रमुख रमेशचन्द्र रोकाले प्रस्तुत गरेका थिए । साथै एक बर्षको अवधिमा क्याम्पसमा भए गरेका गतिबिधि, चुनौती, नयाँ कार्ययोजना लगायतक बिषयमा प्रमुख रोकाले प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *