कटारीमा दई शक्तिशाली बेवारिसे बम

उदयपुर । जिल्लाको कटारी नगरपालिकामा दुई शक्तिशाली बेवारिसे बम फेला परेको छ । कटारी नगरपालिका– ३े कटारी बजार स्थित शुभकामना चोक र सोही नगरपालिका–४ स्थित मरुवामा सो बम आईतबार फेला परेको हो । ईलाका प्रहरी कार्यालय कटारीका अनुसार बम बिहान तिन बजे फेला परेको थियो ।

फेला परेको बम प्रेसरकुकर बम हुनसक्ने अनुमान गरिएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थल आउने काम भईरहेको छ । बम अहिलेसम्म कसैले जिम्मा लिएको छैन । तर, बिप्लब समुहले गरेको उदयपुर बन्दको पुर्वसन्ध्यामा बम भेटिनुले बन्दकर्ता नै बम राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *