कलाकार संघ उदयपुरको नयाँ नेतृत्वमा डि.बी. राई

उदयपुर ।  किरात राई कलाकारहरुको साँझा संस्था ‘किरात राई साँस्कृतिक कलाकार संघ’ जिल्ला कार्यसमिति उदयपुरको नयाँ नेतृत्वमा डि.बी. राई चयन भएका छन् । जिल्लाको सदरमुकाम गाईघाटमा शनिबार सम्पन्न संघको दोस्रो जिल्ला सम्मेलनबाट राई सर्वसहमत चयन भएका हुन् । सम्मेलनले राईको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा देबिका राई, सचिवमा भुपेन्द्र राई, सहसचिवमा पार्वती राई ‘पारु’ र कोषाध्यक्षमा मनिता राई रहेका छन् । त्यसैगरि सदस्यहरुमा अस्मिता राई र अरुणा राई रहेका छन् । नेतृत्व पाएसंगै अध्यक्ष राईले जिल्लाभरी रहेका राई कलाकारहरुको सुझाब लिएर कलकारिता क्षेत्रमा आउने अन्य नयाँ प्रतिभाहरुलाई उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलन संघका केन्द्रिय उपाध्यक्ष रामकर राईको उपस्थितिमा सम्पन्न भएको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *