पाँच बर्षिया बालिकालाई बलात्कार गरेको कसुरमा १२ बर्ष कैद

उदयपुर । पाँच बर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरको एक युवालाई जिल्ला अदालत उदयपुरले मंगलबार १२ बर्ष कैद फैसला सुनाएको छ । न्यायाधिश तिर्थराज केसीको एकल इजलासले त्रियुगा नगरपालिका–३ मोतिगडाका १८ बर्षिय हेमबहादुर कार्कीलाई बालिका बलात्कारको गरेको ठहर गर्दै १२ बर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला सुनाएको हो ।

घरमा खेली रहेकी बालिकालाई कार्कीले कोही नभएको मौकाछोपी २०७४ भदौ १८ गते बलात्कार गरेका थिए । घटना लगत्तै पक्राउ परेका कार्कीलाई पीडितले भदौ १९ गते दिएको उजुरीका आधारमा अनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाएको थियो । कार्कीलाई जिल्ला अदालतले ०७४ असोज २३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *