अहेब सरुवाको माग गर्दै साउने स्वास्थ्य चौकीमा ताला

जीवन राई
उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका अहेब श्याम शाहलाई नहटाएको भन्दै स्वास्थ्य चौकी साउनेमा स्थानीयहरुले ताला लगाएका छन् । अहेब शाहको कम्जोरीलाई औल्याउदै नगरपालिका लगायत सम्बन्धित निकायहरुले सुनुवाई नगरेको भन्दै स्थानीयहरुले ताला लगाएका हुन् । शुक्रवार बिहान १० बजे ताला लगाएपछि उनिहरुले स्वास्थ्य चौकी घेराउ गरेका थिए ।

उनिहरुले स्थानीय स्वास्थ्य चौकी साउनेलाई आफ्नो मेडिकल व्यावसाय संचालनको प्रमुख अखडा बनाउदै आएको अहेब शाह माथि आरोप लगाएका छन् । पटक–पटक यस बिषयमा सम्बन्धित निकायसँग छलफल हुदै आएपनि सुनुवाई नभएपछि ताला हाल्नु परेको स्थानीय बेदबहादुर राईले बताए । स्थानीय राईका अनुसार लामो समयदेखि सम्बन्धित निकायमा उनको कम्जोरीलाई औल्याउदै कार्वाहीको माग गर्दै आएपनि केहि नभएपछि ताला हाल्नु परेको हो ।

केहि दिनअघि उनको सरुवाको मागगर्दै स्थानीय सेवाग्राहीहरुको एक भेलासमेत बसेको थियो । स्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई आफ्नो नीजि मेडिकलमा रेफर गरेर राम्रो कमाउ धन्दा गरेर स्वास्थ्य चौकीको दुरपयोग गरेपछि उनको सुरुवाको लागि आफुहरु आन्दोलित हुनुपरेको स्थानीय समाजसेबी कुमार राईले बताए । समाजसेवी राईका अनुसार सेवाग्राहीले पाउने सुलभ स्वास्थ्य सेवालाई उनले निजि मेडिकलमा लगेर मोटो रकम असुल्ने गरेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *