मोर्चाको कार्यकर्ताले शान्ति समिति सप्तरीको कार्यालमा आगजनी र तोडफोड

राजविराज/ मोर्चाको कार्यकर्तालाई गोली लागी मृत्यु भएको विरोधमा आज विहानै देखी राजविराजमा टायरवाली प्रर्दशन गरिनु साथै जिल्ला स्थित कार्यालयहरुमा तोडफोड तथा आगजनी गरेका छन ।
स्थानिय जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका मोर्चाका कार्यबर्ताहरुलाई सुरक्षार्थ खटाईएका सुरक्षा कर्मीहरुले लखेटेपछी प्रर्दशनकारीहरुले नगपालिका –६ स्थित रहेका स्थानिय शान्ति समितिको कार्यलयमा आगजनी गरेका छन । आगजनी बाट सो कमर्यलयको पर्खाल ,ढोका पुर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसै विच आक्रोसीत प्रर्दशनकारीहरुले राजविराज नगरपालिका कार्यालयका झयालका सिशाहरु फुटाएका छन भने राजविराज– १ मा रहेको नेपाल टेलिकमको कार्यालयमा समेत तोडफोड गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *