ट्याङकर दुर्घटनामा चालक र सह–चालकको मृत्यु, तीन गम्भिर घाईते

गजेन्द्र राई
उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ गहुबारीमा भएको ट्याङकर दुर्घटनामा दुईको मृत्यु भएको छ । बुधवार बिहान दुई बजे भएको दुर्घटनामा अन्य तिन जना गम्भिर घाईते भएका छन् । जिल्लाको कटारीबाट घुर्मीतर्फ जादै गरेको ना.६ ख ३२३१ नम्बरको ट्याङकर सिद्धिचरण राजमार्ग अन्तरगत घुर्मी–कटारी सडक स्थित गहुबारीमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

ईप्रका कटारीको अनुसार मृत्यु हुनेमा बारा जिल्ला स्थित अम्लेसगंज–४ का २३ बर्षे पुर्ण प्रसाद खनाल र मकवानपुर जिल्ला स्थित नामाटारका ३१ बर्षे सरोज मुक्तान रहेको छ । खनाल ट्याङकरको चालक हुन् भने मुक्तान सह–चालक हुन् । उनिहरुको घटना स्थलमै मृत्यु भएको थियो ।

त्यसैगरि दुर्घटनामा भक्तपुर घर भएका २४ बर्षे सुवास तामाङ, बारा जिल्ला स्थित निजगणका १७ बर्षे अभिषेक श्रेष्ठ र दोलखा स्थित चरिकोटका २५ बर्षे सुजन गोले गम्भिर घाईते भएका छन् । घाईते तिनै जनालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । ट्याङकर सडकबाट एक हजार मिटर तल खोलामा झरेको थियो । ट्याङकर चालकको लापर्बाहीले अनियन्त्रित भएर दुर्घटना हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *