जनप्रतिनिधिको आभाष दिलाउदै साउनेमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न (फोटो फिचर सहित)

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा बुधबार निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय निर्वाचन पस्चात भएको पहिलो स्वास्थ्य शिविरबाट सर्बसाधारणले गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयहरु खुशी भएका छन् ।त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेको आयोजना तथा त्रियुगा नगरपालिका, नगर कार्यपालिका र म्याक्स इन्टरनेश्नल हस्पिटल एण्ड ट्रमा सेन्टर विराटनगरको सहयोगमा भएको शिविरमा हाड जोर्नी, नसा तथा बाथरोग, ब्लडप्रेसर छाति तथा मुटु सम्बन्धी, पेट र कलेजो, नवजात शिशु तथा बालबालिका सम्बन्धी, महिला तथा प्रसुति रोगसम्बन्धी जाँच तथा उपचार सेवा विशेषज्ञ डाक्टरहरुबाट प्रदान भएको थियो ।

यसका साथै इसिजि, ल्याब टेस्ट, भिडियो एक्सरे निःशुल्क रुपमा गरिएको थियो भने इन्डोसकोपी पचासप्रतिशत छुटको सुविधा प्रदान भएको थियो । म्याक्स हस्पीटलका विशेषज्ञ डाक्टरहरुले महिला, बालबालिका, बृद्धबृद्धाका विभिन्न शारीरिक समस्याको विशेष चेकजाँच गरेका थिए । जिल्ला जनस्वास्थ्यले महिलाको तल्लोपेट खस्ने समस्याको विशेष जाँच तथा उपचार गरेको थियो । गाउँघरमा स्वास्थ्य समस्या जटिलरुपमै रहेको र जनतालाई जनप्रतिनिधि हुनुको आभाषसमेत दिलाउन शिविरको आयोजना गरिएको वडाध्यक्ष कुरुङ राईले बताएका छन् । अध्यक्ष राईले स्थानीय जनता मात्र नभई छिमेकी गाउँपालिका र जिल्लाका जनतालेसमेत निःशुल्क स्वास्थ्य सेवा पाएको समेत बताए ।

विशेषज्ञ शिविरकै कारण टाढाका गाउँगाउबाटसमेत सर्बसाधारणहरु स्वास्थ्य जाँचमा आएका थिए । वडासचिव रितकुमार राउतले शिविरमा सर्बसाधारणको उत्साहजनक सहभागिता रहेको र जनप्रतिनिधि आएपछि गाउँमै ल्याएको सेवा सुविधाको अनुभूति गरेको बताए । विशेषगरी महिला, बृद्धबृद्धा, बालबालिका शिविरमा सहभागि थिए । नगरपालिकाको विभिन्न वडा, छिमेकी गाउँपालिका रौतामाई र छिमेकी जिल्ला खोटाङसमेतबाट विरामी उपचारका लागि आएका थिए । आयोजकले सोही ढंगले प्रचार प्रसार गरेका थिए ।

सुगमका जनताको सहजै स्वास्थ्यमा पहँुच हुने तर, ग्रामिणभेगका जनताले त्यो सुविधा पाउन चुनौती रहेकाले ग्रामिणभेगलाई केन्द्रित गरी विशेषज्ञसहितको शिविरमा सहयोग गरिएको म्याक्स इन्टरनेश्नल हस्पिटल एण्ड ट्रमा सेन्टर विराटनगरका अध्यक्ष सत्रुधन यादवले बताए । गाउँमै आएको शिविरबाट स्वास्थ्य जाँच तथा उपचार पाएर प्रशस्त लाभ लिएको स्थानीय सर्बसाधारणले बताए । विशेषज्ञ डाक्टरसमेतको उपचार सेवा गाउँमै पाउदा उनीहरुले खुसी व्यक्त गरेका थिए । वडासदस्य हेम मगरले आप्mनै ठाउँमा भएको शिविरले जनतामा खुसी छाएको बताएका छन् ।
1 2 3 4 5 6 7 8 9

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *