निर्वाचनमा खटिएका ३ कर्मचारी सम्मानित

उदयपुर । निर्वाचनमा खटिएका उदयपुरका ३ जना कर्मचारी सम्मानित भएकाछन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उनीहरु सम्मान गरेको हो । सम्मानित हुनेमा कार्यसम्पादन मुल्यांकनमा सर्वोत्कृष्ट कार्य गरेवापत वेलका नगरपालिकास्थित कमलवारी माध्यमिक बिद्यालयमा मतदान अधिकृतकोरुपमा खटिएका मावि झिल्केपोखरी इनामेका माध्यमिक तहका शिक्षक दुर्गानन्द गुप्ता रहेकाछन् ।

त्यसैगरी निर्वाचनमा उत्कृष्ट कार्य गर्ने बालमन्दिर माध्यमिक बिद्यालय बोक्से ‘ख’ केन्द्रका मतदान अधिकृत महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला कार्की र नारद आदर्श माध्यमिक बिद्यालय बसाहाका मतदान अधिकृत ताराकुमार राई सम्मानित भएका हुन् । यसकासाथै निर्वाचनको व्यवस्थापनलाई सहज भुमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, प्रमुख सेनानी राजेन्द्र पन्त, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नवराज भट्ट, सशस्त्र प्रहरी वल त्रियुगा गुल्मका गुल्मपति पुरनचन्द्र भट्ट, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत तिलक शर्मा प्रसाई र जिल्ला निर्वाचन अधिकारी एकबहादुर बस्नेतलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायधिश रामप्रसाद ओलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसैगरी निर्वाचन अवधिभर प्रतिनिधिसभा २ नम्बर क्षेत्रको निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नु हुने सर्वोच्च अदालतका उपसचिब सन्देश श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायधिश तजेन्द्रप्रसाद शर्मा सापकोटाले मायाको चिनो प्रदान गरी बिदाई गरेका थिए । निर्वाचनको मतपेटिका र मतपत्र बुझेदेखि मतदान केन्द्रको वातवरणमा सहजता, सर्वदलिय बैठक, सहज व्यवस्थापन, मुचुल्का तयारी, कर्मचारी व्यवस्थापन, आर्थिक पारदर्शितामा उत्कृष्ट कार्य गरेवापत उनीहरुलाई सम्मान गरिएको प्रमुख निर्वाचन अधिकृत सापकोटाले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *