सानु खाजा घर सञ्चालक सहित उदयपुरमा यौन व्यवसायी पक्राउ

उदयपुर, ३ पुष । उदयपुरको सदरमुकाम गाईघाटमा यौन व्यवसाय फस्टाउन थालेको प्रमाण प्रहरीले फेला पारेको छ । यसैक्रममा सोमबार विहान त्रियुगा नगरपालिका ११ गाईघाट हिमालीटोलस्थितबाट प्रमाण फेला पारेको हो । प्रहरीले सानु खाजा घरको नामले सञ्चालन होटलबाट यौन व्यवसायमा संलग्न महिला पुरुषसहित होटल सञ्चालक पक्राउ परेका थिए ।

सादा पोशाकमा खटेको प्रहरीको सुराकीको आधारमा होटल सञ्चालिका सानु श्रेष्ठ र यौनकर्मी युवतिसहितलाई रंगेहात पक्राउगरि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । प्रहरीका अनुसार पक्राउ यौनकर्मीले होटल सञ्चालिका श्रेष्ठले कमिशन लिएर ग्राहक बोलाउँदै यौनकर्मी परिचालन गर्ने गरेकी छिन् ।

१ पटककोे सेवावापत ५ सयका दरले यौन क्रियाकलामा संलग्न गराउने गरेको र यस्ता गतिबिधि उनले निरन्तर गर्दै आएको प्रारम्भिक बयान प्रहरीमा यौनकर्मीले दिएको जनाइएको छ । बजारमा यौन व्यवसाय चल्न थालेको रिपोर्टका आधारमा प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी गर्न सुरु गरकेो एसपी भट्टले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *