राष्ट्रिय अखण्डताका लागि सबै मिल्नुको बिकल्प छैनः राज्यमन्त्री भट्टराई

उदयपुर । महिला तथा वालवालिका समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले राष्ट्रको अखण्डताका लागि सबै पार्टी मिल्नुको कुनै बिकल्प नभएको बताईन् । उदयपुरको गाईघाटमा मंगलबार आयोजित अपांग तथा बृद्धबृद्धाहरुको सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री भट्टराईले देशलाई टुक्राउन नहुने भन्दै राष्ट्रिय अखण्डताका लागि मुलुकमा रहेका पार्टीहरु मिल्नुको कुनै बिकल्प नभएको बताएकी हुन् ।

राप्रपा नेपालको केन्द्रिय सदस्यसमेत रहेकी राज्यमन्त्री भट्टराईले नेपालभुमीमा जन्मिसकेपछि जम्नभूमिका लागि केही न केही गर्नुपर्ने, पार्टी भन्दा माथि उठेर देशको लागि केही गर्नुपर्ने बताईन् । राष्ट्र अहिले तरल अवस्थामा रहेको भन्दै उनले राष्ट्रलाई शिरमा राखेर हिड्नु पर्ने र नेपाल मातालाई हसाँउनु पर्ने समेत बताईन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *