उदयपुरमा जीप दुर्घटना, ८ को मृत्यु ३ गम्भिर घाइते

गजेन्द्र राई
उदयपुर, १३ कात्तिक । उदयपुरमा जीप दुर्घटना हुदा ८ को मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डमा पर्ने जिल्लाको कटारी नगरपालिका ११ लेखानी स्थित खाँदीमा सोमबार जीप दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी प्रमुख डिएसपी दीपक श्रेष्ठका अनुसार कटारीदेखि ओखलढुंगातर्फ जादै गरेकोको ना १ ज ३४०४ नम्बरको सुमो दुर्घटना भएको हो । उनको अनुसार मृतकहरुको सनाखत हुन बाँकी रहेको छ भने अहिले घाइतेहरुको उद्धार भइरहेकोे छ । घाइते मध्ये एक जना कटारी नगरपालिका २ का अन्दाजी २५ बर्षिय चालक हरी कार्की, एक चारबािषर््य बालिका र एक महिला रहेको कटारी ट्राफिक इन्चार्ज डिवि दियालीले बताए ।

घाइतेहरुलाई उपचारका लागि कटारी अस्पताल पठाइने उनले बताए । नाजुक अवस्था रहेको उक्त राजमार्गमा सडक भिरालो र साँघुरो रहेको ठाउँमा दुर्घटना भएको स्थानीयले बताए । सुमो सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको जनाइएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *