साथीको खुकुरी प्रहारबाट उदयपुरमा एक गम्भिर घाईते

उदयपुर । साथीको खुकुरी प्रहारबाट उदयपुरमा एक युवा गम्भिर घाइते भएको छ । घाईते हुनेमा जिल्लाको बेलका नगरपालिका–८ माझी टोलका ४५ बर्षिय तिलक माझी रहेको छ । उनलाई स्थानीय २४ बर्षिय जिबन माझीले खुकुरी प्रहार गरेर घाईते बनाएको प्रहरी जनाएको छ । प्रहरीको अनुसार संगैबसेका उनिहरु बिच सामान्य बिवाद हुँदा आईतवार साँझ सो घट्ना भएको हो ।

खुकुरी प्रहारबाट घाईते भएका तिलकको घाँटिको बाँयापटि गम्भिर चोट लागेको छ । घाईते तिलकलाई उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने खुकुरी प्रहार गर्ने जिबन फरार छ । उनको खोजिकार्यलाई तिब्र पारिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *