घरले किच्दा बालकको मृत्यु

गजेन्द्र राई
उदयपुर, १३ असोज । घरले किचेर उदयपुरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटका छ बर्षीय सन्देश खड्का रहेको छ । उनको खेल्ने क्रममा घर भत्केर किच्दा शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आफ्नो घर छेउको निमार्णाधिन अवस्थामा रहेको छिमेकीको घरको पिल्लर ढलेर किच्दा उनको मृत्यु भएको हो । पिल्लरको किचाईबाट घाईते भएका खड्काको अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको थियो । हाल मृतक बालकको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल बोक्सेमा राखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *