




गजेन्द्र राई
उदयपुर, ५ असोज । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै उदयपुरको त्रियुगा नगरपालिका स्थित गाईघाट बजारमा सरसफाई अभियान सुरु गरिएको छ । “त्रियुगाको रहर, स्वच्छ, सफा र सुन्दर नगर” भन्ने नाराका साथ सुरु गरिएको अभियान असोज दश गतेसम्म चल्ने छ । त्रियुगा नगरपालिका गाईघाटको अगुवाईमा भएको सरसफाई अभियानमा नगरबासिहरुको उत्साहजनक सहभागिता रहेको मेयर बलदेब चौधरीले जानकारी दिएका छन् । मेयर चौधरीका अनुसार अभियान अवधिभर नगर भित्र रहेको बजार क्षेत्रहरुमा सरसफाई गरिने छ । अभियानमा नगर भित्रको सम्पूर्ण जनप्रतिनिधिका साथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समेत बाकुलो उपस्थिति रहेको थियो ।
Facebook Comments