चौंदण्डीगढीको भूमिहीनमा “आङ्दण्डीे”

गजेन्द्र राई
उदयपुर- उदयपुरको चौदण्डीगढी नगर भूमि अधिकार मञ्चमा आङ्दण्डी राईको अध्यक्ष्यतामा १४ सदस्यीय नगर कार्यसमिति सर्वसहमत रुपमा चयन भएको छ । बेल्टारमा सम्पन्न मञ्चको प्रथम नगर अधिबेशनले सो कार्यसमिति चयन गरेको हो । अधिबेशनले उपाध्यक्षमा चन्द्रकला राई, सचिबमा अमिता राई, सह–सचिबमा परिष्टा राई र कोषाध्यक्षमा सरिता राईलाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा क्रमसः लक्ष्मि नारायण चौधरी, पार्वती बि.क., शुष्मा राई, कौलाश काफ्ले, दिप तामाङ, सरस्वती राई, नरबहादुर कार्की, माईति माझी र केदार चौलागाईलाई चयन गरेको छ ।

कार्यक्रममा भूमि अधिकार मञ्चले लामो समयदेखि भूमिहीन समस्या समाधानका लागी लडिरहेको भन्दै केन्द्रिय सरकार भन्दा पनि स्थानीय सरकार जिम्मेवार भएर तत्काल लाग्नु पर्ने सहभागिहरुले बताएका थिए । उनिहरुले स्थानीय सरकारले तत्काल कानुन परिमार्जन गरेर निस्पक्ष रुपमा वास्तविक भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्नु पर्नेमा जोड दिएका थिए ।

“सुरक्षित घरवास सबैलाई, खेति योग्य जमिन किसानलाई” भन्ने नारा साथ सम्पन्न उक्त कार्यक्रमलाई चौदण्डीगढी नगरपालिकाका नबनिर्वाचित जनप्रतिनिधि, स्थानीय राजनैतिक दल, नगरिक समाज र पत्रकार लगायतका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *