




गजेन्द्र राई
उदयपुर, २८ भदौ । वैकल्पिक सडक निर्माणको नाममा उदयपुरको सामुदायीक बन क्षेत्रबाट ठूलो मात्रामा अबैधानिक ढुंगा चोरी निकासी हुने गरेको छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा हुदै काठमाण्डौं जोडिने वैकल्पिक सडक निर्माणको नाममा अबैधानिक ढुंगा चारी हुने गरेको छ । सो ढुंगा वैकल्पिक सडक निर्माणको काममा लगिने भनिएपनि ठूलो मात्रा अनेन्त्र दुरुपयोग हुने गरेको त्रियुगा–१४ साउनेका वडा सदस्य हेमराज मगरले बताए ।
सदस्य मगरका अनुसार २०७२ साल फागुण १७ गतेको मन्त्रिपरिषद्को निर्णयलाई आयोजनाले समेत लत्याएको छ । निर्णयमा कानुन बमोजिम लाग्ने कर आयोजनाले सम्बन्धित जिल्ला बिकास समितिलाई बुझाउने उल्लेख गरिएको छ । तर यसरी ठूलो मात्रामा ढुंगा चारी निकासीको बिषयमा जिल्ला बिकास समितिबाट बनेको जिल्ला समन्वय समिति उदयपुुर बेखबर रहेको स्थानीयहरुको गुनासो छ । उनिहरुले स्थानीय सरकारवाला निकायहरुको समेत मिलेमातोमा चोरी निकासी हुने गरेको आरोप लगाएका छन् ।
अहिले जिल्लाको त्रियुगा नगरपालिका–१४ साउने स्थित भैसेटेम्केको कोखाजोर खोला र चौडण्ढीगढी नगरपालिका–१० स्थित मुलखोलाबाट ठूलो मात्रामा चोरी निकासी हुने गरेको छ । ढुंगा वैकल्पिक सडक निर्माणको काममा मात्र नभएर धेरै जसो ढुंगा लदुरुपयोग हुने गरेको छ । ढुंगा शिबबाबा सामुदायीक बन, कंकमाई सामुदायीक बन र सिंगवती सामुदायीक बन क्षेत्र हुदै बग्ने उक्त खोलाबाट निकासी हुने गरेको छ ।