उदयपुरमा समृद्धि

उदयपुर- उदयपुरमा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) भित्रिएको छ । शुक्रबार समृद्धिले जिल्ला स्तरीय आयोजना प्रारम्भ गोष्ठी गरी कार्यक्रम भित्रिएको जनाकारी गराएका छन् । गरिब, आप्रवासी र वैदेशिक रोजगारबाट स्वदेश फर्किएका आप्रवासी घरपरिवारलाई कृषि तथा गैर कृषि क्षेत्रमा घरेलु, लघु तथा साना उद्यम व्यवसायहरुको स्थापना तथा विस्तार गरी दिगो आम्दानीको श्रोत दिलाउने उद्देश्यले समृद्धि भित्रिएका हुन् ।

ग्रामिण घरेलु तथा साना उद्यम प्रवद्र्धन, उत्पादनमुलक लगानी र संस्थागत सहयोग तथा आयोजना व्यवस्थापन गरी तीन चरणमा कार्यक्रम संचालन गरिने समृद्धि आयोजनाका सहजकर्ता डोलराज भुषालले बताए । नेपाल सरकार, उद्योग मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको सम्झौतामा कोशी र जनकुर करिडोरका १६ जिल्लामा संस्थाले कार्यक्रम गर्ने सहजकर्ता भुषालले बताए ।

उनका अनुसार यस आयोजनाले १ लाख ७९ हजार ६ सय ६० प्रत्यक्ष लाभग्राहीलाई सेवा दिनेछ जसमध्ये ६० हजार ग्रामिण उद्यमको विस्तार र ३० हजार बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य रहेको सहजकर्ता भुषालले बताए । साथै यस संस्थाले थप २ लाख ४४ हजार ८ सय स्वदेश तथा विदेशमा बचत तथा लगानी क्षमता अभिवृद्धि सम्बन्धी वित्तिय शिक्षा उपलब्ध गराउने सहजकर्ता भुषालले बताए ।

सहजकर्ता भुषालका अनुसार ग्रामिण घरेलु तथा साना उद्यम प्रवद्र्धनका लागि उद्यम नक्शाङ्कन एवम् करिडोर र उद्यम विकास केन्द्र सुचारु तथा क्षमता विकास गर्ने, ग्रामिण उद्यम प्रबद्र्धन र विकासका लागि सेवा विस्तार, व्यवसायीक तालिम तथा प्रशिक्षण गर्नुको साथै वित्तिय समावेशीकरण, प्रवासीहरुको सिप र श्रोतहरुको परिचालन गर्ने उद्देश्य यस संस्थाको रहेको बताए ।

यस्तै संस्थाले विपन्न, गरिव र आप्रवासीहरुलाई प्रथम प्राथमिकतामा व्यवसायिक तालिम तथा प्रशिक्षित गरी लोक्ता, अल्लो, अलैंची, बेसार, अदुवा, बाख्रा पालन, आँप, केरा, तरकारी, उखुको सम्भाव्यता अध्ययनको आधारमा पहिचान गरी क्षेत्र र सह–क्षेत्रमा कार्यक्रम संचालन गर्ने सहजकर्ता भुषालले बताए । यस्तै दोस्रो प्राथमिकतामा परेका लिची, किवी, आलु, तोरी, जुट, खुर्सानी, लसुन, प्याज, सुन्तला र जुनार, बाँसलाई लिइएको सहजकर्ता भुषाले बताए ।

यस्तै सरोकारबाला, कार्यालय प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरुले गरिब, विपन्न र आप्रावसीहरुमार्फत घरेलु तथा साना उद्यम संचालन गर्दा दाताको पैसाको सदुपयोग हुने गरी आयोजना संचालन गर्न खुल्ला छलफलमा अनुरोध गरेका थिए । विगतका दिनहरुमा केही गैरसरकारी संस्थाहरुले तालिम, गोष्ठीमा मात्र सिमित भएर उपलब्धी सून्य रहेकोले यस संस्थाले त्यस्तो नहोस भन्दै खुल्ला छलफलमा उपस्थित सरोकारबाला नियका तथा जनप्रतिनिधिहरुले गुनासो गरेका थिए ।

कार्यक्रम त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्रकुमार भगतको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियार रहेका थिए । यस्तै विशिष्ट अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, बेलका नगरपालिकाका प्रमुख दुर्गा थापा, प्रहरी उपरिक्षक नवराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

यस्तै अतिथिहरुमा त्रियुगा नगरपालिकाका उपप्रमुख देवी कुमारी चौधरी, चौदण्डीगढी नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीको उपस्थिति रहेको थियो । यस्तै जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारी, जिल्ला वन कार्यालय प्रमुख विष्णु प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश करिडोर संयोजक लोकेन्द्र बहादुर रावलले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *