नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन इकाईको अध्यक्षमा दवाडी

उदयपुर लेखापढी व्यवसायीहरुको छाता संगठन “नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन इकाई समिति” उदयपुरमा गोपाल दवाडी सर्वसहमत रुपमा चयन भएकाछन् । समितिको सोमबार सम्पन्न ११ औं अधिबेशबाट अध्यक्ष पदमा दवाडी सर्वसहमत चयन भएका हुन् । अधिबेशनबाट उपाध्यक्ष, सचिब, सह–सचिब, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः रामप्रसाद चौधरी, अम्बर कुमार दनुवार, ओमकुमार श्रेष्ठ, हरिप्रसाद ढुंगाना र रुपेश कृष्ण पोखरेल चयन भएको निर्वाचन मण्डलका सदस्य फिरन खड्काले बताए । सदस्य खड्काका अनुसार सदस्यहरुमा दुर्गा बहादुर चन्द, दिपक कुमार साही, पर्शुराम पाण्डे, उद्धव प्रसाद सिग्देल, नबराज चौधरी, कृष्ण प्रसाद पोखरेल र उद्धव प्रसाद ढुंगेल पनि चयन भएको छ । लामो समयको प्रयासपछि सो समितिको सबै पद सर्वसहमत रुपमा चयन भएको हो ।lekhapadi

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *