




गजेन्द्र राई
उदयपुर, १६ भदौ । नेपाल प्रहरीको सई “हुँ” भनेर धम्कि दिदै उदयपुरमा एक प्रहरी जवानले स्थानीय युवामाथि कुटपिट गरेको छ । विहीबार राती ९ः३० बजेको समयमा जिल्लाको सदरमुकाम गाईघाटतर्फ आउँदै गरेका खोटाङ दिपु्रङ गाउँपालिका–५ छितापोखरीका २० बर्षीय प्रदिप खड्कामाथि नगर प्रहरी कार्यालय गाईघाटमा कार्यरत प्रहरी जवान प्रकाश झाले कुटपिट गरेको हो ।
कुटपिटबाट खड्का गम्भिर घाईते भएकाछन् । उनी अहिलेसम्म बोल्न सकेका छैनन् । घाईते खड्काको जिल्ला अस्पतालमा उपचार भईरहेको विरामीका आफन्त दिपक बस्नेतले बताए । आफन्त बस्नेतका अनुसार वाहिरी घाउँ नदेखिएपनि भित्रि असर भएको डाक्टरको अनुमान छ । हाल घाईते खड्काले टाउँको उठाउन र बोल्न सकेको छैन् । हालसम्म आँखा समेत हेर्न नसकेको अफन्त बस्नेतले बताए ।
खड्का त्रियुगा नगरपालिका–२ स्थित कर्णदिप पशु तथा कृषि फारमका कर्मचारी हुन् । फारममा काम सकेर सदरमुकाम आउनेक्रममा गाईघाटको मेनचौकमा आईपुगेका खड्कालाई झाले मादक पदार्थ सेवन गरेर नावश्यक कुटपिट गरेको प्रत्यक्षदर्शी तथा एमाले नेता महेश रोक्काले बताए ।
हालसम्म घटनाको यथार्थविवरण खुल्न सकेको छैन् । घटना लगत्तै जिल्ला अस्पताल पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मेघराज अधिकारीले भने घटनाको अनुसन्धान भईरहेको बताए । उनले छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिबद्धता जनाएको छ ।
नगर प्रहरी प्रमुख (सई) बुद्धी चेङ्माङले भने नगर प्रहरीबाट त्यस्तो केहि नभएको बताए । उनले प्रकाश झा नाम गरेको व्यक्ति आफ्नो कार्यालयमा नभएको पनि स्पष्ट पारेको छ । तर चेकजाँचका क्रममा विवाद भएको भने उनले स्वीकारेका छन् ।