प्रहरी इन्काउन्टरमा लागूऔषध कारोबारीको मृत्यु

ललितपुर– ललितपुरको कुसुन्तीमा अरुणिमा बस्ती वडानम्बर १३ मा प्रहरी इन्काउन्टरमा एकजना कुख्यात लागुऔषध कारोबारीको मृत्यु भएको छ । प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको मृत्यु भएको हो । प्रहरीले खत्री लागुऔषधका कारोवारी भएको भन्दै खोजीकार्य जारी राखेको थियो ।

सोमबार पौने २ बजे उनै खत्रीको खोजीमा हिडेको महानगरीय प्रहरी महासाखाको टोलीलाई देख्नासाथ खत्रीले २ हातमा रहेका अटोमेटिक पेस्तोल तेस्र्याएपछि प्रहरीले जवाफी फायर खोलेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाका एसपी दिनेश आमात्यले प्रहरीलाई देख्नासाथ खत्रीले गोली चलाएपछि प्रहरीले गोली चलाएको हो । आमात्यका अनुसार घट्नास्थलबाट खत्रीले बोकेका दुइवटा पेस्तोल बरामद गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *