वर्षाको कारण उदयपुरको अधिकांश सडक अवरुद्ध

उदयपुर– केह दिनदेखिको वर्षाले स्थानीय खोलाहरूमा पानीको बहाव बढेसंगै उदयपुरको सडकहरुमा यातायात अवरुद्ध हुदै आएको छ ।
अधिकांश सडकहरु कच्ची भएको कारण पनि यातायात आवागमनमा समस्या हुने गरेको छ । यातायात अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुनुका साथै बिरामीलाई अस्पतालसम्म लैजान समस्या हुदै आएको छ ।

हप्तादिनदेखि पानी परिरहेकाले सबैजसो नदी तथा खोला–खोल्सीमा बाढी आउँदा सडक पूरै अवरुद्ध हुने गरेको हिमाली यातायात व्यवसायी संघ गाईघाटले जनाएको छ । वर्षाका कारण गाईघाट–बेलटार, बेलटार–बसाहा, बसाहा–रामपुर लगायत गाईघाट–साउने, गाईघाट–कदमाहा खण्डको सबै सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको छ ।

सदरमुकाम नजिकैको बगाहास्थित फर्सेट खोलामा निर्माणाधीन पुल ५ वर्षमा पनि पूरा नभएपछि गाईघाट–जलजले खण्डमै वर्षायाममा यातायात अवरुद्ध हुने गरेको यातायत संघले जनाएको छ । पुल नबन्दा विराटनगर, काठमाडौं, धरान, राजविराज हुँदै सो सडकसँग जोडिएका अन्य ठाउँ जाने यातायात वर्षामा अवरुद्ध हुने गरेको यातायात व्यवसायीको भनाइ छ ।

ठूला गाडीले तर्नसक्ने भएपनि जीप, टेम्पो, म्याजिक र सिटी सफारीले खोला पार गर्न नसक्दा छोटो दूरीका यात्रु मर्कामा पर्ने गरेका छन् । त्यसैगरि गाईघाट–साउने खण्डको सडकमा पहिरो जादाँ रानीबास, रौता, सल्ले, रानीबास–फोक्सिन्टार, रसुवाघाट सडकमा यातायत चल्न सकेका छैनन् । यसैगरि बाढीले गाईघाट–बेलटार सडकलाई पनि अवरुद्ध पार्दै आएको छ ।

बेलटार जाने वैकल्पिक मार्गको हडियास्थित भीमाखोलामा पुलको कारण यातायत आवागमन प्रभाबित बन्दै आएको छ । संघका अनुसार गाईघाट–मुर्कची–नेपालटार खण्डमा पनि समस्या हुने गरेको छ । गाईघाट–चुहाडे खण्डको कालीखोला र सरस्वती खोलामा पुल नभएका कारण गाईघाट–मुर्कची–नेपालटार खण्डमा पनि सामान्य वर्षाको बाढीले पनि यातायात अवरुद्ध गर्ने गरेको छ ।

वर्षाको कारण सदरमुकाम गाईघाटबजार पनि जलमग्न हुदै आएको छ । जमिनको सतहभन्दा सडक अग्लो हुनुका साथै ढलहरूको नियमित सफाइ नहुँदा वर्षायाममा पानी घरभित्रै पस्ने स्थानीयहरुको गुनासो छ । उनीहरूका अनुसार खाली जमिन, विद्यालय र घर वरिपरि पानी जमेपछि हिँड्डुलमा पनि समस्या छ । bagahaa

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *