प्रभाबशाली नेता माओवादीमा प्रबेश, एमालेलाई ठूलो झड्का

उदयपुर, ११ असार । एमालेका एक प्रभाबशाली नेता माओवादी केन्द्रमा प्रबेश गरेका छन् । प्रबेश गर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीका गंगाधर चौधरी रहेका छन् । उनी देउरीमा भएको एक कार्यक्रमबाट माओवादी केन्द्रमा प्रबेश गरेको केन्द्रका नगर अध्यक्ष बिमल किरातीले बताए ।

चौधरीको पार्टी प्रबेशले बिशेषगरि त्रियुगा नगरपालिका एमालेमा ठूलो झड्का परेको स्थानीय बुद्धिजिवीहरु बताउँछन् । उनी एमाले जिल्ला कमिटि सदस्य तथा बुद्धिजिवी नेताको रुपमा मानिदै आएको छ । चौधरी पूर्वशिक्षक पनि हुन् । उनको पार्टी परित्यागको कारण चौधरी जातीय मतले एमाले त्रियुगा मेयरको उमेद्वार बनेका बलदेब चौधरीको बिजय सम्भावना घट्दै गएको स्थानीयहरु बताउँछन् ।

केहिदिन अघि भएको माओवादी केन्द्रको चुनाबी आमसभामा नेता चौधरीको पार्टी प्रबेशको अन्तिम तयारी भएपनि एमालेका केहि नेताले रोकेका थिए । अहिले एमाले परित्यागको घोषणासंगै माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रममा सक्रिय सहभागी हुदै आएका छन् । उनी चौधरी समुदायको प्रभावशाली नेताको रुपमा पनि मानिदै आएकाछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *