माओवादी उमेद्वारको घर नजिक शक्तिशालि बम बिष्पोट

उदयपुर, ५ असार ।  असार १४ गने हुने स्थानीय निर्वाचनको लागी उमेद्वारी दिएका एक माओवादी नेताको घर नजिक शक्तिशालि बम बिष्पोट भएको छ । उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्सेका लागि अध्यक्ष पदको उमेद्वार नरबहादुर कार्कीको घर जनिकै बम बिष्पोट भएको हो । उनको बासबारी स्थित घर नजिकै बम बिष्पोट भएको हो । मनोनयन दर्ता प्रक्रिया सकेर घर पुगेको केहि बेरमा बम बिष्पोटको आवाज आएको उमेद्वार कार्की बताउँछन् । उनको अनुसार मनोनयन दर्ता प्रक्रिया अबेरसम्म लागेका कारण उनी रातको १० बजे घर पुगेका थिए । उनी घर पुगेको केहि समय पछि बम बिष्पोट भएको थियो । बम बिष्पोट पछि घटना स्थलमा सुरक्षाकर्मीहरु पुगेका थिए । बम कसले बिष्पोट गराएको हो ? भन्ने बारे हालसम्म खुल्न सकेको छैन । dscn8422

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *