अलगमा अभियानमा विष्णु र तीर्थकुमारी

२७ जेठ, ललितपुर । बरिष्ठ लोक गायिका तीर्थ कुमारी थापा र लेखक–प्राध्यापक डा. विष्णु राईको विशेष उपस्थिति र प्रस्तुतिको साथमा अलग अभियानको जेठ शृङ्खला सम्पन्न भएको छ ।

SAMSUNG CSC
डा. राईले ‘बिरानो’, ‘अवध नारायण सुनसरी नेपाल’, ‘फेसबुकको फोटो’, ‘मुखिताङको धामी म विरानी’, ‘यलुङको नयाँ फोटो’, ‘निर्दोष पहाड’ शीर्षकका कविता सुनाए । त्यसैगरी गायिका थापाले ‘डाँडामाथि बिहानै घाम लाग्यो’, ‘म त खादिन कुवाको पानी’, ‘दाइ कहाँको ?’ लगायतका गीतहरु प्रस्तुत गरिन् । उनलाई युगल गायनमा गायक सङ्गीतकार रत्न वेहोसी बज्राचार्यले साथ दिएका थिए ।
SAMSUNG CSC
अतिथिको अलवा कविहरु मुक्तान थेबा, प्रकाश गुरागाइँ, साङ्केन बान्तवा, वन्दना राई, अविनाश भट्टराई, प्रज्ज्वल अधिकारी, नारायण नेपाल, डिपलभ राई, बालकृष्ण रिजाल लगायतले कविता वाचन गरे । सुनिता थेगिमले कवि जसराज किरातीकृत ‘मैले आश मागेँ’ बोलको शब्दलाई मण्डल साम्पाङको सङ्गीतमा प्रस्तुत गरिन् भने आभा मुकारुङले साङ्केन बान्तावाकृत ‘पातमाथि शीत खस्यो’ बोलको शब्दलाई भिमसेना राईको सङ्गीतमा प्रस्तुत गर्दा वाद्यवादनतर्फ हार्मोनियममा मण्डल साम्पाङ, बाँसुरीमा पावल थुलुङ, तबला मादलमा यमकुमार समाल, गिटारमा भिमसेना राई र नाकिमले साथ दिएका थिए ।
SAMSUNG CSC
अलग अभियानले हरेक महिनाको अन्तिम शनिबार साहित्य र सङ्गीतको शृङ्खला आयोजना गर्दै आएको छ जहाँ नयाँ पुराना स्रष्टाहरुले गीत कविता प्रस्तुत गर्दछन् ।

SAMSUNG CSC

SAMSUNG CSC

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *