नेपाल लोकतान्त्रिक फोरम पार्टीले तीन नगरपालिकाका मेयर/उपमेयर उम्मदेवारीका नाम सार्बजनिक

उदयपुर, २४ जेठ ।  नेपाल लोकतान्त्रिक फोरम पार्टीले तीन नगरपालिकाका मेयर/उपमेयर उम्मदेवारीका नाम सार्बजनिक गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी त्रियुगा नगरपालिकामा मेयरमा पर्शुराम चौधरी र उपमेयरमा रुपमनी पन्जियार उम्मेदवार तोकेको जनाएको छ । त्यस्तै चौदण्डीगडी नपाको मेयरमा श्यामसुन्दर चौधरी र उपमेयर आरती मगर तोकेको छ भने कटारी नपाको मेयरमा सन्तोष मगर र उपमेयर धनमाया परियार तोकेको छ । चार गाउँपालिकामा उम्मेदवारी खाली राखेको सो पार्टीले बेलका नगरपालिकामा भने उम्मेदवार तोक्न अभ्यास भइरहेको जनाएको पार्टीका जिल्ला उपाध्यक्ष मोहरबक्स अलिले बताए । आगामी २६ गतेभित्रमा वडाअध्यक्षहरुको नामावलीसमेत सार्बजनिक गर्ने उनले बताए । यसैबीच अन्य केही पार्टीबाट आफ्नो पार्टीविरुद्ध विभिन्न भ्रामक कुराहरु फैलाउदै लान्छनाहरु लगाउने काम भइरहेको भन्दै आपत्ति जनाएको छ । पार्टीले कुनै पार्टीसंग साठगाठ नगरी पार्टीको नीति र निर्बाचन आचारसंहिता अनुरुप चुनावी मैदानमा उत्रिने अर्का जिल्ला उपाध्यक्ष विजय सिंहले बताए । सिंहले पार्टीप्रति लगाईएको लान्छना र भ्रमको पछि नलाग्न जनतासमक्ष आग्रह गर । साथै उनले कसैको मानमर्दन र चरित्र हत्या हुनेगरी त्यस्ता कार्य तत्काल रोक्न आग्रह गर्दै त्यस्ता गलत कदम नसुधारिए कडा प्रतिकार हुने चेतावनीसमेत दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *