सातौं राष्ट्रिय आर्चरी खेलको पहिलो दिन : कास्की अगाडि

उदयपुर, ९ पुस । उदयपुरको गाईघाटमा शनिबारबाट सुरु सातौं राष्ट्रिय आर्चरी खेल प्रतियोगिताको पहिलो चरणमा विभिन्न इभेन्ट्स्का खेलहरु सन्चालन भएका छन् ।

सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा सुरु भएको प्रतियोगितामा पहिलो चरणमा भएको र्याङकिङ रिकर्भ मेनतर्फ त्रिभुवन आर्मी क्लवका समीर थापाले हाई स्कोर गरे । उनले ६२४ स्कोर प्राप्त गरेका छन् । ६१७ स्कोरका साथ काँस्कीका रोसन थापा र ६१६ स्कोरका साथ आर्मीका मुकेश तामाङले पच्छयाएका छन् । त्यस्तै रिकर्भ उमन तर्फ आर्मीकै कृष्णमाया सेङताङले हाई स्कोर गरेकी छिन् । उनले ५६४ स्कोर ल्याएकि छिन् । आर्मीकै ज्ञानु अवालेले ५५९ स्कोर र आइसा तामाङले ५३७ स्कोरका साथ उनलाई पछ्याएका छन् । ७० मिटर दुरीको रिकर्भ र्याङकिङ खेलको मेनतर्फ १७ जना र उमन तर्फ ७ जनाले भाग लिएका थिए ।

archeryudayapur

त्यसैगरी कम्पाउड मेनतर्फ काँस्कीका जागृत गुरुङले ६८९ स्कोरका साथ हाईस्कोर गरेका छन् भने उनलाई पछ्याउदै काँस्कीकै राजेश रानाले ६५९ र कन्चनपुरका होमबहादुर थापाले ६४० स्कोर गरेका छन् । ५० मिटर दुरीको कम्पाउण्ड मेनतर्फ ११ जना खेलाडी सहभागि थिए । त्यसैगरी स्ट्याण्डर्ड उमनतर्फको खेलमा ५९१ स्कोरका साथ आर्मीकी मित्र राईले हाईस्कोर गरेकी छिन् । उनलाई पछ्याउदै काँस्कीकी रोजिता थापा मगरले ५८७ स्कोर गरेकी छिन् भने आर्मीकी पुजा थापाले ५०५ र त्यतिनै स्कोर गरेर कन्चनपुरकी लक्ष्मी थापाले पनि पच्छ्याएकी छन् । ३० मिटरको स्ट्याण्डर्ड उमन खेलमा पनि ११ जना खेलाडी सहभागि थिए । पहिलो दिनको खेलबाट टिमतर्फ १७८३ स्कोरका साथ काँस्की जिल्ला आर्चरी संघले पहिलो स्थान ओगटेको छ । १६९१ स्कोरका साथ हिमालयन आर्चरी क्लवले दोस्रो स्थान, १६८३ स्कोरका साथ त्रिभुवन आर्मी क्लवले तेस्रो स्थान ओगटेको छ भने १४१८ स्कोरका साथ द बेष्ट आर्चरीले चौथो र ११२३ स्कोरका साथ अन्नपूर्ण आर्चरी क्लवले पाँचौ स्थान ओगटेको छ ।

विहान ९ बजेदेखि सुरु भएको प्रतियोगितामा देशका विभिन्न १३ वटा जिल्लाका आर्चरी क्लवका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा एक डाईरेकटरसहित २० जना प्राविधिक परिचालन भएका छन् । तीनदिनसम्म सन्चालन हुने प्रतियोगिता आईतबार दोस्रो चरणका विभिन्न खेलहरु सन्चालन हुने आयोजकले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *