कहाँ छन् मिस नेपाल?

काठमाडौं – मिस नेपालको जिम्मेवारीबाट अलग हुन लागेकी अस्मी श्रेष्ठले गोर्खामा सुरु गरेको ‘क्लासरुम एन्ड वियोन्ड’नामक अभियानलाइ निरन्तरता दिने सोचमा छिन्।

पूर्व मिस नेपाल मलिना जोशी पनि नेपाली फिल्ममा सक्रिय छिन् । ‘ऋतु’ नामक फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेकी उनले ‘झुम्की’ र ‘द विनर’मा अभियन गरिसकेकी छिन्।

मिस वर्ल्ड अन्तर्गत मुख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को उत्कृष्ठ पाँचमा परेको ‘क्लासरुम एन्ड वियोन्ड’ नामक अभियान उनको सामाजिक कार्य हो।

‘मिस नेपालको कार्यकाल सकिए पनि गोर्खामा सुरु गरेको ‘क्लासरुम एन्ड वियोन्ड’ नामक अभियानलाई निरन्तरता दिनेछु,’ मिस नेपालपछिको योजना सुनाउँदै उनले भनिन्। र्याम्प मोडलिङबाट करियर सुरु गरेकी उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव पनि छन्।

पूर्व मिस नेपाल इभाना मानन्धर अमेरिका र नेपाल आउने जाने गरिरहेकी छिन्। ब्रिटिस गोर्खा नेप्लिज काउन्सिल नेपाल च्याप्टरकी अध्यक्ष समेत रहेकी सुविन लिम्बु हाल युवाहरुलाई नेतृत्व विकास सहभागी गराउन क्रियाशील छिन्। त्यसो त फिल्ममा अभियन र मोडलिङका अफर उनलाई नआएका भने होइन्। ‘यस काउन्सिलले युवाहरुलाई प्रोत्साहित गर्न विभिन्न कामहरु गरिरहेको छ। त्यसबाहेक कला,साहित्य, पत्रकारिता र सामाजिक श्रेत्र सक्रिय व्यत्तित्वहरुलाई प्रोत्साहन गरिरहेको छ,’उनले भनिन् ।

त्यस्तै सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ नेपाली फिल्महरुमा अभिनय गर्न व्यस्त छिन्। ‘हेम्लेट’ नामक नाटकबाट अभियन यात्रा सुरु गरेकी उनी, ‘गाजलु’ नामक नेपाली फिल्ममा अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन्। हाल उनी ‘रोमियो एन्ड मुना’ फिल्मको सुटिङमा व्यस्त छिन्।

पूर्व मिस नेपाल मलिना जोशी पनि नेपाली फिल्ममा सक्रिय छिन् । ‘ऋतु’ नामक फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेकी उनले ‘झुम्की’ र ‘द विनर’मा अभियन गरिसकेकी छिन्।

सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ हाल फिलिपिन्सस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा एमबिए गर्दैछिन्। पछिल्लो समय उनी फक्सवागन नेपालकी इभेन्ट एन्ड ब्रान्ड संयोजकको रुपमा समेत सक्रिय छिन्।

जेनिशा मोक्तान सामसुङको आधिकारिक विक्रेता आएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राको नामबाट सुरु भएको डिएम फाउन्डेसनको अध्यक्षको रुपमा काम गरिरहेकी छिन। फाउन्डेसनले सामाजिक गतिविधि गरिरहेको छ। यसअघि उनी आएमएस ग्रुपकी प्रशासन प्रमुखको रुपमा रहेकी थिइन्। इतिहाद ऐयरलाइन्समा आवद्ध सन् २००७ की मिस नेपाल सिताश्मा चन्द हाल दुबईमा छिन्। अष्ट्रेलियन नागरिकसँग तीन वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएकी उनीको एक छोराकी आमा हुन्।

पूर्व मिस नेपाल सुगारिका केसी हाल इमेज एफएमसँग आवद्ध भएकी छिन्। सन् २००८ देखि उनी व्यक्तिगत विकासको प्रशिक्षण दिइरहेकी छिन्। इन्डक्सन नामक संस्थाकी सिइओ समेत रहेकी उनी विभिन्न कार्यक्रम संचालिकाको रुपमा पनि देखिन्छिन्। सन् २००४ की मिस नेपाल पायल शाक्स हाल अष्ट्रेलियामा छिन्। त्यस्तै पूर्व मिस नेपाल प्रीति सिटौला र स्वेता सिंहले सहकार्य गरेर आइपिडी नामक एड एजेन्सी सञ्चालन गरिरहेका छन्। त्यस एजेन्सीले मिडियाबाहेक व्यक्तिगत विकासको प्रशिक्षण समेत दिँदै आएको छ।

पूर्व मिस नेपाल माल्भिका सुब्बा मिस लिम्बुको कोरियोग्राफरको रुपमा अनुबन्धित छिन्। उनी युवालाई प्रोत्साहन गर्ने विभिन्न गतिविधिमा सक्रिय छिन्। उषा खड्कीले कुपण्डोलमा यु आर स्टाइलिस नामक बुटिक सञ्चालन गरिरहेकी छिन्। त्यस्तै सन् १९९७ की मिस नेपाल निलिमा गुरुङले पोखरामा बुटिक सञ्चालन गरिरहेकी छिन्।

हाल अमेरिकामा रहेकी सन् १९९८ की मिस नेपाल निरु श्रेष्ठले पाइलट कोर्सको प्रशिक्षण दिइरहेकी छिन् । त्यसै सन् १९९६ की मिस नेपाल पूनम घिमिरे लामो समयको अमेरिका बसाईपछि नेपाल फर्किएकी छिन् भने सुमी खड्का हाल अमेरिकामा छिन्। त्यस्तै पहिलो मिस नेपाल रुबि राणाले बुटिक संञ्चालन गरिरहेकी छिन्। सन् १९९७ की मिसनेपाल झरना बज्राचार्य भारतीय मूलका व्यापारीसँग विवाह गरेर क्लालम्पुर बस्दै अाएकी छिन्। झन्डै ३० वटा फिल्ममा अभिनयपछि उनी अध्यात्मतिर लागेकी थिइन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *