



नयन राई
उदयपुर । उदयपुरको बेलका नगरपालिका–६, बबला बगुवामा आफैंले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा एक युवक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३० वर्षीय सुमन राई रहेका छन् ।
सोमबार साँझ करिब ६ बजे राईले बोकेको बन्दुक एक्कासि पड्किँदा उनको पेटमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते राईलाई तत्काल उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
घटनापछि राईले बन्दुक किन बोकेका थिए भन्ने विषयमा स्पष्ट खुल्न सकेको छैन । यद्यपि, स्थानीयवासीका अनुसार बदेल (जंगली सुँगुर) को सिकार गर्नका लागि उनले बन्दुक बोकेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
Facebook Comments Box