श्रीमतीको शंकाष्पद मृत्यु हुँदा श्रीमान् फन्दामा

गजेन्द्र राई । उदयपुर, ७ पुस ।
श्रीमतिको शंकाष्पद मृत्यु भएको भन्दै उदयपुरमा श्रीमान पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको भलायडाडाँ– ९ ध्वासेका २६ बर्षे सोभा देबी सदाको शंकाष्पद मृत्यु भएको भन्दै ४८ बर्षे श्रीमान बुकन सदालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको अनुसार सोभा देबिलाई मंगलवार राती घरमै शंकाष्पद अवस्थामा मृत भेटिएको थियो । सोभा देबिको शंकाष्पद मृत्यु भएको भन्दै श्रीमान बुकनलाई बुधवार पक्राउ गरि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उत्ता, मृतक सदाको सब पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *