भोलिदेखि सुरु हुने राष्ट्रिय आर्चरी खेलको तयारी पूरा

गजेन्द्र राई । उदयपुर, ८ पुस । शनिबारदेखि उदयपुरको गाईघाटमा सुरु हुने सातौं राष्ट्रिय आर्चरी खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा पुस ९, १० र ११ गते सन्चालन हुने प्रतियोगिताको आर्थिक, प्राविधिक तथा अन्य सम्पर्ण तयारी पुरा भईसकेको हो । खेलको निम्ति फिल्ड सरसफाई, खेलस्थल ब्यवस्थापनको कामहरु पुरा भईसकेको छ । प्रतियोगितामा रिकर्व ओपन, कम्पाउन्ड आर्चरी र स्ट्याण्डर्ड आचरी जनियर गरी तीन विद्या रहनेछ । प्रतियोगिताका लागि देशभरबाट २५ जना महिला र ६५ जना पुरुष गरी ९० जना खेलाडीको सहभागिता रहनेछ । जसको लागि एक डाईरेकटरसहित २० जना प्राविधिक परिचालन भएका छन् । जिल्लाको लागि खेल नयाँ भएकोले आज अपरान्ह खेलस्थल र खेलको बारेमा पत्रकारहरुलाई स्थलगत रुपमै जानकारी पनि दिईएको थियो ।

जिल्लामा पहिलोपटक हुन लागेको राष्ट्रिय आर्चरी प्रतियोगिताले उदयपुरका जनता हर्षित छन् । उनीहरुले खेल र खेलाडीको स्वागत गरिरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *