



उदयपुर । वर्षासँगै परेको चट्याङ लाग्दा उदयपुरमा एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ परेको चट्याङ लागेर घाइते हुनेमा त्रियुगा नगरपालिका–१० बाँसबारी बस्ने ५५ वर्षीय शेरबहादुर कार्की रहेका छन् ।
स्थानीय नरबहादुर कार्कीका अनुसार चट्याङ लाग्दा घाइते कार्कीको दुबै हात डढेको छ । चट्याङका कारण कार्कीको घरमा रहेको लत्ताकपडा जलेर नष्ट भएको छ भने खोरमा रहेका बाख्राहरू समेत मरेको छ ।
घाइते कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।
Facebook Comments